त्रिशूली थ्रि–ए सुरुङमा फसेकाको उद्धारका लागि थालियो ड्रिलिङ

त्रिशूली थ्रि–ए सुरुङमा फसेकाको उद्धारका लागि थालियो ड्रिलिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाढीपछि त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि सुरक्षाकर्मीले ड्रिलिङ थालेका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सुरुङको बाहिरी भाग पत्ता लगाएर उद्धारको पहुँच बनाउन ड्रिलिङ सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भदौ १० गते आएको बाढीपछि आयोजनाको सुरुङभित्र नागरिक फसेको सूचना आएपछि शुक्रबारदेखि सुरक्षाकर्मीको संयुक्त टोली उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको हो ।

उद्धार कार्यमा नेपाली सेनाका ६२ सहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ८२ जना सुरक्षाकर्मी खटिएका छन् ।

यसैबीच, सेनाले बाढी प्रभावित जिल्लाहरूमा ७ हजारभन्दा बढी सैनिक परिचालन गरिएको जनाएको छ ।

उनीहरू घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार, राहत सामग्री वितरण र शव व्यवस्थापनलगायतका कार्यमा खटिएका छन् ।