बाढी प्रभावित क्षेत्रमा पुगे अर्थमन्त्री वाग्ले, प्रभावितसँग भेटेर अवस्थाबारे जानकारी लिए

बाढी प्रभावित क्षेत्रमा पुगे अर्थमन्त्री वाग्ले, प्रभावितसँग भेटेर अवस्थाबारे जानकारी लिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विदुर–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

शनिबार नुवाकोट पुगेका वाग्लेले बाढीबाट प्रभावित नागरिकसँग भेटघाट गर्दै क्षतिको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका छन् ।

उनले उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सम्बन्धित निकायका अधिकारीसँग पनि प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन् ।

निरीक्षणका क्रममा वाग्लेले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए ।

उनले प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने राहत तथा सहयोगका विषयमा सम्बन्धित निकायसँग छलफलसमेत गरेका छन् ।

बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने उद्धार र राहतको काम जारी छ ।

अर्थमन्त्री वाग्लेले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतलाई प्राथमिकता दिँदै क्षतिग्रस्त संरचनाको पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक योजना बनाएर अघि बढ्ने बताएका छन् ।