उद्धार टोली र ५.५ टन औषधिसहित भारतबाट आयो पाँचौँ खेपको सहयोग

उद्धार टोली र ५.५ टन औषधिसहित भारतबाट आयो पाँचौँ खेपको सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको बाढी प्रभावित क्षेत्रका नागरिकका लागि भारतले पाँचौँ खेपको सहयोत पठाएको छ ।

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि बुधबार भारतले ११ जनाको उद्धार टोली र ५.५ टन औषधिसहित पाँचौँ खेप नेपाल पठाएको हो।

भारतका विदेशमन्त्री डा. एस जयशंकरले उद्धारसहितको टोली र सहयोग सामग्री बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी एक्समार्फत् दिएका छन्।

यसअघि भारतले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहित चौथो विमान नेपाल पठाएको थियो।