उद्धार तथा राहतमा नेपाललाई चीनको मौसम सम्बन्धी सहयोग

उद्धार तथा राहतमा नेपाललाई चीनको मौसम सम्बन्धी सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनले नेपालमा बाढीपहिरोपछि भइरहेको उद्धार तथा राहत कार्यका लागि मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना र प्रभावसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ ।

चीनको मौसम प्रशासनका प्रवक्ता वाङ यावेईले बुधबार पत्रकार सम्मेलनमा बोल्दै चीन–नेपाल सीमा क्षेत्रको केरुङ–रसुवा नाकामा ठूलो पहिरो गएलगत्तै नेपालका मौसम अधिकारीसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरिएको बताए ।

उनका अनुसार चीनले नेपालका उद्धार तथा राहत कार्यमा आवश्यक मौसमसम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको छ ।

वाङले नेपालमा आपतकालीन उद्धार तथा विपद् व्यवस्थापनलाई सहयोग गर्न चीनले व्यापक मौसम सेवा उपलब्ध गराउनुका साथै नेपालसँगको अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने बताएका छन् ।