नबिल बैंकको ४ अर्बको ऋणपत्र निष्कासन, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नबिल बैंकको ४ अर्बको ऋणपत्र निष्कासन, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ‘५.५% नबिल डिबेञ्चर २०९३’ ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतामा मंगलबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदरमा ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । यसबाट बैंकले कुल ४ अर्ब रुपैयाँ ऋणपुँजी जुटाउनेछ ।

कुल निष्कासनमध्ये २४ लाख कित्ता ऋणपत्रबाट प्राप्त हुने २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपुँजी निजी तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

त्यस्तै, १६ लाख कित्ता ऋणपत्रबाट प्राप्त हुने १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपुँजी सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ । यसमध्ये ५ प्रतिशत अर्थात् ६५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसहित ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अघि बढाएको जनाएको छ ।