भोटेकोशी बाढी : १२५२ को शव फेला, ४ हजार २१६ अझै बेपत्ता

भोटेकोशी बाढी : १२५२ को शव फेला, ४ हजार २१६ अझै बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीले बगाएका १ हजार २५२ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विवरण सार्वजनिक गर्दै बाढीबाट १ हजार २५२ जनाको मृत्यु र ४ हजार २१६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।

प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ। जसमध्ये कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनाबाट ९०० जना, रसुवाबाट ८६५ जना, नुवाकोटबाट १५५८ जना, सम्पर्कविहीन विदेशी नागरिक ५८३ जना, प्रहरी २५ जना, सेना ४५ जना, सशस्त्र प्रहरी १३ जना, भन्सार कार्यालय १४ जना, अध्यागमन कार्यालय ३ जना, विदेशी पर्यटकसँग घुम्न गएका नेपाली १६४ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना, क्वारेन्टाइन कार्यालयका ३ जना, जनप्रतिनिधि ७ जना, स्थानीय र अन्य कर्मचारी ३२ जना, शिक्षक १ जना रहेको प्राधिकरणले जनाएको छ। हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

खोज तथा उद्धारका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म २७३ जना विदेशी नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।