भदौ २२ गते राष्ट्रिय शोक घोषणा, २३ गते सार्वजनिक बिदा

भदौ २२ गते राष्ट्रिय शोक घोषणा, २३ गते सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरेकाे हाे ।

यस्तै, रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

शोकमा सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने प्रवक्ता पोखरेलले जानकारी दिए।