साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर मेन्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा साउदी अरेबियाले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

क्लालालम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी ४९.२ ओभरमा १९० रनमा समेटियो। उसका लागि अब्दुल वाहिदले ७७ तथा महम्मुद अतिफले ३० रनको जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३-३ तथा ललित नारायण राजवंशीले २ विकेट हात पारे।

नेपाल आफ्नो जित यात्रा जारी राख्न चाहन्छ। नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बहराइनलाई सात विकेट र आयोजक मलेसियालाई छ विकेटले हराएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले दुई खेलबाट चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालविरुद्ध खेल्ने साउदी अरेबिया भने तीन खेलबाट दुई अङ्कसहित तालिकाको पुछारमा छ ।