एसीसी प्रिमियर कप : हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

एसीसी प्रिमियर कप : हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

बाबर हयातले बनाए शतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसीसी पुरुष प्रिमियर कप २०२६ मा हङकङले नेपाललाई जितका लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुआमास क्रिकेट ओभलमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको सम्मानजनक योगफल तयार पारेको हो।

हङकङको पारिलाई उकास्न मध्यक्रमका ब्याटर बाबर हयातले उत्कृष्ट शतकीय पारि खेले। उनले १२६ बलमा ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रनको विस्फोटक रन बनाए।

सुरुवाती चरणमा १३३ रनमा ७ विकेट गुमाएर संकटमा परेको हङकङलाई बाबर हयात र इहसान खानले आठौँ विकेटका लागि १२८ रनको अविजित साझेदारी गर्दै बलियो स्थितिमा पुर्याकए। इहसान खानले ४६ बलमा ५ चौका प्रहार गर्दै ३५ रन बनाए।

नेपालका तर्फबाट स्पिनरहरूको प्रदर्शन उत्कृष्ट रह्यो। सदीप लामिछानेले १० ओभरमा ४४ रन खर्चिएर मुख्य ४ विकेट हात पारे भने शेर मल्लले १० ओभरमा १ मेडनसहित मात्र २७ रन खर्चेर ३ विकेट लिए।

यस्तै करण केसी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झा विकेटविहीन रहे।