काठमाण्डु – सुनको भाउ मंगलबार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३ हजार ५ सय रुपैयाँ सुनको भाउ बढेको हो ।
सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको भाउ ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ ४ हजार ७९० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो ।




प्रतिक्रिया