सालिकमा जेनजी शहीदहरूको अनुहार नमिलेपछि उद्घाटन नगरी फर्किए गृहमन्त्री

सालिकमा जेनजी शहीदहरूको अनुहार नमिलेपछि उद्घाटन नगरी फर्किए गृहमन्त्री


काठमाण्डु– गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी समृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् ।

जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक रूपमा उद्घाटन गर्न उनी केहीबेर अघि सातदोबाटो पुगेका थिए ।

सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको पार्कमा आज सालिक तयार पारिएको थियो ।

निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उनी पार्क उद्घाटन नगरी फर्किएका हुन् ।

गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ ।