वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले वीरगञ्जबाट १३२.९२ ग्राम ब्राउन सुगरसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो विशेष सूचनाका आधारमा इन्टेलिजेन्स ब्युरोबाट खटिएको सीसी टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोडको होटल अमन प्यालेसको कोठा नम्बर २०५ मा बसेका भारतको मोतिहारी जिल्ला रक्सौल–१३ का करिब ३५ वर्षीय विशाल कुमार कुशवाहालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार कुशवाहाले भारतको रक्सौल नाकाबाट ल्याएको लागूऔषध ब्राउन सुगर बरामद गरिएको छ । सुरुमा १०० ग्रामभन्दा बढी रहेको अनुमान गरिएको पदार्थको तौल परीक्षण गर्दा १३२.९२ ग्राम रहेको जनाइएको छ ।

पक्राउ परेका कुशवाहासँगबाट बीआर ०५ बीएस ०४१९ नम्बरको कालो रंगको एचएफ डिस्कभर प्रो मोटरसाइकल, एउटा एन्ड्रोइड मोबाइल, नेपाली नगद ३२ हजार १०० र भारतीय नगद ४ हजार २०० भारु समेत बरामद गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।




प्रतिक्रिया