सेनाले ५ दिनमै बनायो देवीघाटमा पुल, आजदेखि पैदलयात्रीले आवतजावत गर्न पाउने

सेनाले ५ दिनमै बनायो देवीघाटमा पुल, आजदेखि पैदलयात्रीले आवतजावत गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रको आवतजावत सुचारु हुने भएको छ। नेपाली सेनाले देवीघाटमा वैकल्पिक एक्रो ब्रिज जडानको काम पूरा गरे सँगै आजबाट आवतजावत गर्न सकिने भएको हो ।

सेनाले ५ दिनअघि सुरु गरेको पुल निर्माण तथा जडान कार्य बिहिबार बिहान सम्पन्न गरेको हो।

पुल जडान सम्पन्न भएसँगै अजैदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ। भने शुक्रबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

भोटेकोशीमा आएको भीषण बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि नुवाकोटसहित आसपासका क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको थियो।