आज पनि ८ सडक पूर्णरुपमा अवरुद्ध (सूची)

आज पनि ८ सडक पूर्णरुपमा अवरुद्ध (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाढी तथा पहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।

नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार काठमाण्डु, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन् ।

धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । थाक्रे गाउँपालिका–९ स्थित सोयाङखोलामा पनि त्रिभुवन राजपथ अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोका कारण अवरुद्ध सडकहरू
रसुवा:
उत्तरगया–५ क्षेत्रमा त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध।
धादिङ: बेनीघाट रोराङ–७ स्थित कृष्णभीरमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध।
धादिङ: थाक्रे–९ स्थित सोयाङखोलामा त्रिभुवन राजपथ अवरुद्ध।
नुवाकोट: शिवपुरी क्षेत्रमा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित; रातिको समयमा सवारी सञ्चालनमा रोक।
नुवाकोट: बेलकोटगढी क्षेत्रमा बाढीका कारण सडक प्रभावित।
काठमाण्डु: चन्द्रागिरि–२ विस्पानीमा पहिरोका कारण काठमाण्डु–धादिङ सडक एकतर्फी सञ्चालन।
धादिङ: बेनीघाट रोराङ–१० को ज्वाङखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालन।
काभ्रे: खुकुर्ट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमका कारण समयअनुसार सवारी व्यवस्थापन गरिएको।