काठमाण्डु– ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ निर्माण गरिएको २ हजार ५०६.३९ मिटर सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि–४ छहरीस्थित अडिटदेखि खाम्लास्थित बाँधतर्फको सुरुङ बुधबार जोडिएको हो।
आयोजना प्रमुख ज्योतिरकुमार केसीका अनुसार आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ। बाँकी सुरुङ केही महिनाभित्र र आयोजना आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
११ अर्ब २३ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको आयोजनाको विद्युत्गृह मालिका–७ भारवाङमा रहनेछ।
सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।
भारवाङदेखि १.५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।




प्रतिक्रिया