प्रधानमन्त्री उद्धार कोषमा साढे १२ अर्ब जम्मा

प्रधानमन्त्री उद्धार कोषमा साढे १२ अर्ब जम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा कोषको ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात रहेको छ।

यस्तै, कोषका दुईवटा बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दातलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ पुगेको कार्यालयले जनाएको छ।

विवरणअनुसार भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ।