सन्दीप र दीपेन्द्र चम्किँदा ओमान ६० रनमै अलआउट, नेपालले उपाधिका लागि यूएईसँग भिड्ने

सन्दीप र दीपेन्द्र चम्किँदा ओमान ६० रनमै अलआउट, नेपालले उपाधिका लागि यूएईसँग भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ।

नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए भने जितेन रामानन्दीले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए। रोहित पौडेल र ललित राजवंशीले समान २–२ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५।४ ओभरमा १४७ रनमा अलआउट भएको थियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१, बसिर अहमदले ४७ रन, देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए।

ओमानका जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर ३ विकेट लिए।

सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा समेत छनोट भएको छ।

अब नेपालले उपाधिका लागि यूएईसँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ।