उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् पदबाट राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् पदबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।

यादवले राजीनामा दिनुको कारण भने हालसम्म स्पष्ट भइसकेको छैन।

केहि समय यता ग्यास अभावलाई लिएर चौतर्फी विरोध भइरहेका बेला उनले राजीनामा बुझाएकी हुन् ।

मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योग रहेको उल्लेख गर्दै थप उद्योग आवश्यक नरहेको बताउँदै पछिल्ला दिनमा ठूलो परिमाणमा ग्यासका सिलिन्डर काठमाण्डु पठाइएको भए पनि उपभोक्ताले अपेक्षित मात्रामा ग्यास नपाएको दाबी गरेकी थिइन् ।

‘जब देशको कुरा आउँछ नि, त्यो पार्टीभन्दा अगाडि बढेर गर्नैपर्छ । अब जे भन्नुहुन्छ म त्यही गर्छु, तर त्यो उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भनेर मेरो अन्तिम विश्लेषण यही हो ।’ उनले भनेकी थिइन् ।

उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।