प्रतिनिधि सभामा २ वटा कानून संशोधन विधेयक पेश

प्रतिनिधि सभामा २ वटा कानून संशोधन विधेयक पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले २ वटा कानून संशोधन विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन् ।

विधेयक प्रस्तुत गर्दै उनले नागरिकलाई पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउने तथा अवकास कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले नागरिक लगानी कोष ऐन, २०४७ हाल कार्यान्वयनमा रहेको बताए ।

उनले ऐनले परिभाषित गरेका केही शब्दहरूलाई थप स्पष्ट गर्ने, कोषको एकीकृत पुँजी, चुक्ता पुँजी र शेयर लगानीमा वृद्धि गर्ने, कोषको पुँजीमा थपघट गर्ने, कोषको सञ्चालक समितिको अधिकार, काम, कर्तव्य र अधिकार थप स्पष्ट गर्नको लागि संशोधन विधेयक ल्याइएको बताए ।