त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लेबनानी नागरिकको ब्यागबाट गोली बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लेबनानी नागरिकको ब्यागबाट गोली बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लेबनानी नागरिकको ह्यान्ड क्यारी ब्यागबाट पेस्तोलमा प्रयोग हुने १ थान गोली बरामद भएको छ ।

बिहीबार दिउँसो करिब २:१५ बजे नेपालबाट कतार एयरलाइन्सको क्यूआर ६५१ उडानमार्फत दोहा जान लागेका ४७ वर्षीय लेबनानी नागरिक नाजी जियादेको सानो ह्यान्ड क्यारी ब्याग अन्तिम सुरक्षा जाँच कक्षमा रहेको एक्स–रे मेसिनमार्फत जाँच गर्ने क्रममा गोली फेला परेको हो ।

नेपाल प्रहरीको टोलीले प्रतिबन्धित हातहतियार पेस्तोलमा प्रयोग गरिने जंगी गोली १ थान फेला पारेको जनाइएको छ ।

गोली बरामद भएपछि प्रहरीले थप अनुसन्धानका लागि निजको प्रस्थान अनुमति बिहीबार साँझ ७:४६ बजे रद्द गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।