बाढी र पहिरोका यी राजमार्ग अवरुद्ध (सूचीसहित)

बाढी र पहिरोका यी राजमार्ग अवरुद्ध (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

बागमती प्रदेशमा रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, मुख्य राजमार्गका केही खण्डमा पनि पूर्ण अवरोध रहेको छ।

नुवाकोटमा शिवपुरी गाउँपालिकास्थित छहरेखोलामा टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

बेत्रावती नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

यस्तै धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही गाउँपालिकाको वडा नम्बर १० ज्वाङखोलामा भने सडक एकतर्फी सञ्चालन भइरहेको छ। थाक्रे गाउँपालिका–२ बाहकिलोमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने सोही क्षेत्रको अर्को खण्डमा पूर्ण अवरोध रहेको प्रहरीले जनाएको छ।

चितवनको बेनीघाट रोराङ–१० ज्वाङखोला क्षेत्रमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

यसैगरी काभ्रेमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी सञ्चालनमा समयअनुसार व्यवस्था गरिएको छ। खुर्कोट–नेपालथोक–काठमाडौँतर्फ चल्ने सवारी साधनलाई परिस्थिति हेरेर सञ्चालन गरिने जनाइएको छ।

कर्णाली प्रदेशको मुगुमा छायानाथ रारा नगरपालिका–४ ताल्चामा मुगु–मुगुम कार्मारोङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।