काठमाण्डु– युनाइटेड नेपाली डायस्पोराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५५५ रुपैयाँ सहयोग गरेको छ।
अध्यक्ष सोनाम लामाको नेतृत्वमा रहेको युनाइटेड नेपाली डायस्पोराको टोलीले शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
उक्त अवसरमा नेपाल बाहिर रहेर पनि विपद्का बेला नेपाललाई सहयोग गरेकोमा परराष्ट्रमन्त्री खनालले युनाइटेड नेपाली डायस्पोरा परिवारप्रति सरकार र परराष्ट्र मन्त्रालयका तर्फबाट धन्यवाद व्यक्त गरे।
साथै, मन्त्री खनालले गैरआवासीय नेपालीसँग सम्बन्धित विषयमा नेपाल आउन–जान, घरजग्गा खरिद–बिक्रीलगायत अन्य व्यावहारिक क्रियाकलाप सहज बनाउन आवश्यक कानुन संशोधनको प्रक्रियामा रहेको जानकारी दिए।




प्रतिक्रिया