एसीसी प्रिमियर कप फाइनल : नेपालले युएईलाई दियो ३१४ रनको विशाल लक्ष्य

एसीसी प्रिमियर कप फाइनल : नेपालले युएईलाई दियो ३१४ रनको विशाल लक्ष्य

आसिफ शेखले बनाए १०२ रन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपालले युएईलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको छ ।

नेपालका लागि ठुलो योगफल बनाउन ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले । १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे ।

यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे । बसिर अहमद १५ रनमा अविजित रहे ।

पहिलो विकेटका निम्ति आसिफ र अर्जुनले ९७ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए ।

यूएईका इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एकएक विकेट लिए ।