काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी आह्वान भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
प्रवक्ता खरेलका अनुसार लामिछानेले शीर्ष नेतृत्वबिच छलफलका लागि बैठक बोलाएका छन् । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
यसअघि पनि भोटेकोशी नदी बेसिनमा आएको बाढीबाट भएको क्षतिपछि राजनीतिक दलहरूबिच सर्वदलीय बैठक बसेको थियो ।




प्रतिक्रिया