प्रधानमन्त्री र मैले कामको बाँडफाँट गरेका छौं : सभापति लामिछाने

प्रधानमन्त्री र मैले कामको बाँडफाँट गरेका छौं : सभापति लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री र आफूले कामको बाँडफाँट गरेको बताएका छन् ।

सर्वदलीय बैठकपछि बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले हिजो र आजको कार्यशैलीमा फरक रहेको स्पष्ट पारे ।

उनले भने, ‘हिजो त पार्टीको नेतृत्व, अध्यक्ष, सभापति प्रधानमन्त्री हुँदा एउटाले गर्ने हो । अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुब्लिकेसनको आवश्यकता पर्दैन ।’

सभापति लामिछानेले प्रधानमन्त्री निरन्तर बैठकमा रहेको बताए । उनले भने, ‘प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भेटिरहनुभएको छ भने यो त संवेदनशीलताको ठूलो उदाहारण हो, हामी त काम बाँडफाँट गरेर गर्छौं नि !’