मनास्लु आरोहणका क्रममा सिङ्गापुरका नागरिकको मृत्यु

मनास्लु आरोहणका क्रममा सिङ्गापुरका नागरिकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा– मनास्लु हिमाल आरोहणका क्रममा सिङ्गापुरका एक नागरिकको मृत्यु भएको छ ।

५० वर्षीय लाउ वी सेङ आरोहण सकेर क्याम्प–२ बाट आधार शिविरतर्फ झर्ने क्रममा बिरामी परेका थिए ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सेङ भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए ।

आरोहणका क्रममा क्याम्प–२ पुगेका उनी त्यहाँबाट आधार शिविरतर्फ फर्किंदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।