राष्ट्रिय सेवा दल विधेयक समितिबाट पारित, आजै प्रतिनिधिसभामा पेस हुने

राष्ट्रिय सेवा दल विधेयक समितिबाट पारित, आजै प्रतिनिधिसभामा पेस हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक– २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले प्रतिवेदन सर्वसम्मत पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए ।


उपसमितिले तयार पारेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेपछि प्रतिनिधिसभामा पेस गर्ने बाटो खुलेको छ । \

समिति सभापति हरि ढकालले प्रतिवेदनलाई अन्तिम रूप दिन समिति सचिवलाई निर्देशन दिएका छन् । उनका अनुसार बिहीवार बस्ने प्रतिनिधिसभाको बैठकमै समितिको प्रतिवेदन पेस गरिनेछ ।

राष्ट्रिय सेवा दल विधेयक अध्ययनका लागि समितिले भदौ ४ गते उपसमिति गठन गरेको थियो ।

उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफलपछि समितिले त्यसलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

यसअघि गठन गरिएको उपसमितिमा सदस्यको जिम्मेवारीसमेत हेरफेर गरिएको थियो ।

समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिएको थियो ।