दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई संविधानले दिएको अधिकार हस्तान्तरण गर्न अझै आनाकानी गरिरहेको आरोप लगाएका छन् ।
संविधान दिवसका अवसरमा शुक्रबार दाङको देउखुरीस्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित कार्यक्रममा आचार्यले संविधानले स्पष्ट रूपमा अधिकार तोके पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताए ।
‘संविधानले दिएका सबै अधिकारहरु अहिले पनि प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन’, उनले भने, ‘संविधानले निर्दिष्ट गरेका अधिकारहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयनका लागि संविधानले तोकेका अधिकार प्रदेश र स्थानीय तहमा व्यवहारमै हस्तान्तरण हुनुपर्ने आचार्यको भनाइ थियो ।
उनले तीनै तहका सरकारबीच अधिकार, जिम्मेवारी र कार्यक्षेत्रमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले शुक्रबार र शनिबार विभिन्न कार्यक्रम आयोजना गरेको छ । शुक्रबार प्रदेश प्रशासनिक परिसरमा सरसफाइ कार्यक्रम गरिएको थियो ।




प्रतिक्रिया