रसुवा बाढीमा बेपत्ता पत्रकार थामीको अन्त्येष्टि

रसुवा बाढीमा बेपत्ता पत्रकार थामीको अन्त्येष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–१० भदौको रसुवा–भोटेकोशी बाढीमा हराइरहेका पत्रकार टेकराज थामीको अन्त्येष्टि गरिएको छ ।

थामीको शनिबार पशुपति आर्यघाटमा कुशको प्रतिकात्मक शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

चीनको केरुङमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने सिलसिलामा थामी रसुवागढीस्थित नेपाल–चीन सीमा क्षेत्रबाट सम्पर्कविहीन भएका थिए । डेढ दशक बाढी सक्रिय पत्रकारितामा रहेका उनी नयाँ पत्रिका दैनिकमा आबद्ध थिए ।

अपराध र सुरक्षा मामिलामा कलम चलाउँदै आएका थामी साहसी पत्रकार दिए ।

उनले रौतहट बम विस्फोटका घाइतेलाई जिउँदै इटाभट्टामा हालिएको घटनाको अनुसन्धानात्मक रिपोर्टिङ गरेका थिए ।

दोलखा निवासी थामीका श्रीमती र एक छोरी छन् ।