६३४ सहसचिवलाई समायोजनपत्र दिने सरकारको तयारी

६३४ सहसचिवलाई समायोजनपत्र दिने सरकारको तयारी


काठमाडौं – सरकारले अध्यादेशमार्फत कर्मचारी समायोजन गर्ने क्रममा ६३४ जना सहसचिवलाई समायोजनपत्र दिने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयलय सहचिवलाई समायोजनको पत्र दिने प्रस्ताव बुधबार मन्त्रिपरिषदमा पेश गरिसकेको छ।

आब बस्ने मन्त्रिपरिषदको बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेपछि सहसचिवलाई सरकारले पत्र प्रदान गर्दै जाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। गत साता सरकारले ५६ जना सचिवलाई मन्त्रिपरिषदबाट निर्णय गरी समायोजनको पत्र प्रदान गरिसकेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।