कांग्रेसले पूर्व उपसभापति खड्कालाई सोध्याे ७ दिने स्पष्टीकरण

कांग्रेसले पूर्व उपसभापति खड्कालाई सोध्याे ७ दिने स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको आरोपमा अनुशासन समितिले कारबाही प्रक्रिया थालेको हो । यसअघि पनि विज्ञप्ति निकाल्दा सचेत गराइएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०७२/१२/१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छ भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो। यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुन: मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ । विज्ञ्पतिमा भनिएकाे छ ।

यस्तै कांग्रेसले प्रतिनिधि निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी दिन तोकिएको समय एक महिना थप गरेको छ। २०८२ चैत मसान्तसम्म उजुरी पेश गर्न दिएको समयावधि बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्‍याउने निर्णय गरेको अध्यक्ष तारामान गुरुङले बताए।