सरकारले बोलाएको कूटनीतिक ब्रिफिङुमा किन आएनन् अमेरिकी राजदूत ?

सरकारले बोलाएको कूटनीतिक ब्रिफिङुमा किन आएनन् अमेरिकी राजदूत ?


काठमाडौं – सरकारले शुक्रबार बोलाएको कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा अमेरिकी राजदूत र्‍याण्डी बेरी आएनन्।

भनेजुएलाको राजनीतिक संकटका विषयमा  नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिपछि असन्तुष्ट बनेको अमेरिकाका राजदूतको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कूटनीतिक छलफलमा काठमाडौंस्थित अमेरिकी दूतावासबाट राजदूतको सट्टा उपनियोग प्रमुख उपस्थित भएको छ। छलफल करिब तीन घण्टा भएको थियो तर अमेरिकी प्रतिनिधि डेढ घण्टासम्म मात्र बसेका थिए।

कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडा सहभागी थिए।यो समाचार आजको राजधानी दैनिकमा छ ।