असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ, समकक्षी अमित शाहसँग भेटवार्ता हुने

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ, समकक्षी अमित शाहसँग भेटवार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन्। गृहमन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत जान लागेका हुन्।

बिम्स्टेकको मन्त्रीस्तरीय सम्मेलन नयाँदिल्लीमा आगामी ११ र १२ सेप्टेम्बरमा आयोजना हुँदैछ। सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्री तथा सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ। भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

दुई गृहमन्त्रीबीच १२ सेप्टेम्बरमा भेटवार्ता हुने बताइएको छ। भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा दुई देशबीचका गृह मामिलासँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। सम्मेलनले सदस्य राष्ट्रबीच सुरक्षा तथा आन्तरिक मामिलामा सहकार्य विस्तारका विषयमा छलफल गर्नेछ।