ग्यास बुलेट लिक हुँदा सडक भासिँएको ठाँउमा पुग्न सकिएकाे छैन : सडक विभाग

ग्यास बुलेट लिक हुँदा सडक भासिँएको ठाँउमा पुग्न सकिएकाे छैन : सडक विभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी नजिक मछेडीमा ग्यास बुलेट पल्टिनुका साथै गजुरी नजिक गलौंदीमा सडक भासिएपछि  पृथ्वी राजमार्ग ठप्प भएको छ।

मछेडीमा ग्यास बुलेट पल्टिएर ग्यास चुहावटसमेत भइरहेकाले गलौंदी क्षेत्रमा पुग्न कठिनाइ भइरहेको सडक विभागले जनाएको छ ।

विभागले भनेको छ ‘गलौंदीमा भासिएको सडक खुलाउन पछाडितर्फबाट सडक काटेर (ब्याक कटिङ) मार्ग सञ्चालन गर्नुपर्ने देखिएको छ। रातिको समय र ग्यास चुहावटका कारण घटनास्थलसम्म पुग्न कठिन भइरहेकाले सडक खुलाउने कार्य प्रभावित भएको छ। घटनास्थलमा रहेको टोलीले अवस्था मूल्याङ्कन गरी आवश्यकताअनुसार जनशक्ति तथा उपकरण परिचालन गर्ने छ।’

ग्यास चुहावट र सडक भासिएका कारण पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।