स्ट्रेट अफ होर्मुज नजिक पानी जहाजमा ड्रोन हमला, दुईजना भारतीय नागरिक बेपत्ता

स्ट्रेट अफ होर्मुज नजिक पानी जहाजमा ड्रोन हमला, दुईजना भारतीय नागरिक बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्ट्रेट अफ होर्मुज नजिकै भारतीय चालक दलका सदस्य रहेको एक जहाजमा आइतबार ड्रोन आक्रमण भएको छ। आक्रमणपछि जहाजमा सवार ११ भारतीय नाभिकमध्ये नौ जनाको उद्धार गरिएको छ । घटनामा दुईजना अझै बेपत्ता छन्।

निकरागुआको झण्डा रहेको ट्यांकर एमटी पेट्रो डल्फिनमाथि ओमानको सोहर बन्दरगाहनजिक आक्रमण भएको हो। आक्रमण कसले गराएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

पछिल्लो तीन दिनमा यस क्षेत्रमा भारतीय चालक दलका सदस्य रहेका तीनवटा जहाजमाथि आक्रमण भएको छ।

आइतबार नै मार्सल आइल्यान्ड्सको झण्डा रहेको एमटी वाल्थेरा ट्यांकरमाथि पनि ड्रोन वा क्षेप्यास्त्रबाट आक्रमण भएको थियो। त्यसबाट जहाजमा आगलागी भएको बताइएको छ। उक्त जहाजमा पनि ११ भारतीय नाविक सवार थिए।

यसअघि अक्टोबर ९ मा एमटी जेम नम्बर २ नामक जहाजमाथि आक्रमण भएको थियो।

बेपत्ता नाभिकको खोजी जारी

भारतका केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालले बेपत्ता नाविकको खोजीका लागि भारतीय अधिकारीहरूले स्थानीय निकायसँग समन्वय गरिरहेको बताएका छन्।

ओमानको राजधानी मस्कटस्थित भारतीय दूतावासले पनि घटनाबारे निगरानी गरिरहेको र सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा रहेर काम गरिरहेको जनाएको छ।

सोनोवालका अनुसार भारतीय सरकारले एमटी वाल्थेराको व्यवस्थापन गर्ने कम्पनीसँग पनि सम्पर्क गरिरहेको छ। सरकारले जहाजमा रहेका नाविकको सुरक्षालाई प्राथमिकतामा राखेको उनले बताए ।

आक्रमण रोक्न आग्रह

भारतीय विदेश मन्त्रालयले व्यापारिक जहाजमाथि भएका आक्रमणको निन्दा गर्दै सबै पक्षलाई तत्काल तनाव कम गर्न आग्रह गरेको छ।

मन्त्रालयले व्यापारिक जहाज, नाविक र नागरिक संरचनामाथि हुने आक्रमण रोक्नुपर्ने बताएको छ। भारतीय नाविकको सुरक्षा सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै उसले द्वन्द्वको समाधान वार्ता र कूटनीतिबाट खोज्नुपर्नेमा जोड दिएको छ।

अन्तर्राष्ट्रिय समुद्री मार्गबाट हुने व्यापार सुरक्षित र निर्बाध रूपमा सञ्चालन हुनुपर्ने भारतको धारणा छ।

विश्वभर तीन लाख २० हजारभन्दा बढी भारतीय नाभिक

भारत विश्वका व्यापारिक जहाजमा काम गर्ने नाविक उपलब्ध गराउने प्रमुख मुलुकमध्ये एक हो। भारतको जहाजरानी मन्त्रालयका अनुसार सन् २०२५ मा देशमा तीन लाख २० हजारभन्दा बढी सक्रिय नाभिक थिए।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेपछि होर्मुज जलडमरूमध्य क्षेत्रमा समुद्री सुरक्षा चुनौती बढेको छ। यस क्षेत्रमा जहाजमाथि भएका आक्रमणमा भारतीय नाभिकको ज्यान गएको घटनासमेत सार्वजनिक भएका छन्।

गत साता पनि भारतीय विदेश मन्त्रालयले ओमानको तटनजिक पनामा झण्डा रहेको एक जहाजमाथि भएको आक्रमणको निन्दा गरेको थियो। भारतले यस क्षेत्रमा जहाजमाथिका आक्रमण रोक्न र शान्ति कायम गर्न आग्रह गर्दै आएको छ।