नेकपा संयुक्तका नेता विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपाका संयुक्तका नेता डा. विजय पौडेलेको सोमबार अपराह्न निधन भएको छ ।

उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ। अस्पतालमा पुगेका नेकपा नेता अशेष घिमिरेले पौडेलको निधन भएको जानकारी दिएको बताएका छन्।

अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले पनि पौडेलको निधन भएको पुष्टि गरेका छन्।

पौडेल प्रसिद्ध साहित्यकार तथा वाम नेता मोदनाथ प्रश्रितका छोरासमेत हुन् । उनी जनता टेलिभिजन तथा जनता पब्लिकेसन्स प्रालिका अध्यक्षसमेत थिए ।

लामो समय नेकपा एमालेको राजनीति गरेका उनी पछिल्लो समय नेकपा हुँदै त्यसपछि घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तमा क्रियाशील थिए ।