काठमाण्डु – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल, लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।
देशको हिमाली भूभागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै राति देशको हिमाली भूभागमा साधरणतया बादल र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा तथा हल्का वर्षा र हिमपातको सम्भावना छ ।


प्रतिक्रिया