शुक्र अस्तले दसैँका कर्म रोकिँदैन : पञ्चाङ्ग निर्णायक समिति

शुक्र अस्तले दसैँका कर्म रोकिँदैन : पञ्चाङ्ग निर्णायक समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।

शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष सहप्रा.डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

शुक्र र वृहस्पति अस्त हुँदा नित्य र नैमित्तिक कर्म गर्न शास्त्रीय वचनका आधारमा कुनै बन्देज नभएकाले आम मानिसमा सामाजिक सञ्जालका भरमा भ्रममा नपर्न पनि समितिले आह्वान गरेको छ ।

बृहस्पति र शुक्र अस्तका बेला कुनै कामना राखेर गरिने कर्म गर्न मात्र नहुने शास्त्रीय वचन रहेको छ । सामाजिक सञ्जालमा आएका यस्ता हल्लाका पछि लाग्नुपूर्व यस विषयका जानकार धर्मशास्त्रविद् एवं समितिका पदाधिकारीसँग सरसल्लाह, परामर्श गर्न पनि समितिले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

असोज २८ गते बुधबार दिउँसो १३:४० बजे पश्चिममा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२:४९ बजे उदय हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।