काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको दसैंको शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरु पुरोहितबाट राष्ट्रपति पौडेलले टीका, जमरा र प्रसाद ग्रहण गरेेका हुन्।
टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।



प्रतिक्रिया