झलनाथ अस्पतालबाट डिस्चार्ज, केही दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने

झलनाथ अस्पतालबाट डिस्चार्ज, केही दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

खनाल बुधबार दिउँसो १२ बजे काठमाण्डुस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहर अहिले घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार केही दिन आराम गरेपछि खनाल पुन: सार्वजनिक कार्यक्रममा सहभागी हुनेछन् ।

उपचारका क्रममा उनको स्वास्थ्यलाभको कामना गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, आफन्तजन तथा सञ्चारमाध्यमप्रति खनालले धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै ह्याम्स अस्पतालका डा. रोशन राउतको नेतृत्वमा रहेको मेडिकल टीम, नर्सिङ टीम तथा अन्य स्वास्थ्यकर्मीलाई उपचारमा पुर्‍याएको सहयोग र सेवाका लागि विशेष आभार व्यक्त गरिएको छ ।

यसैबिच खनालले यस वर्ष बडादसैँको सार्वजनिक टीका कार्यक्रम नगर्ने निर्णय गरेको सचिवालयले जनाएको छ।  

गत महिना भोटेकोशी र बुढीगण्डकीमा आएको भीषण बाढीका कारण देश शोकमा रहेको अवस्थालाई मध्यनजर गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।