इरानी सर्वोच्च नेता मोज्तबा खामेनीलाई भेटे न्यायपालिका प्रमुख घोलाम हुसैनले

इरानी सर्वोच्च नेता मोज्तबा खामेनीलाई भेटे न्यायपालिका प्रमुख घोलाम हुसैनले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले नियुक्तिपछि पहिलोपटक देशका न्यायपालिका प्रमुखसँग भेटवार्ता गरेका छन्।

अहिलेसम्म सार्वजनिक रूपमा उपस्थिति नजनाएका खामेनीले इरानी न्यायपालिकालाई केही दिनअघि भेट गरेको जनाएको छ।

न्यायपालिका प्रमुख घोलामहुसैन मोहसेनी एजेईले खामेनीसँग भेट गरेको इरानी न्यायपालिकाको समाचार वेबसाइट मिजान अनलाइनले जनाएको हो। तर भेट भएको समय र स्थान सार्वजनिक गरिएको छैन।

मिजान अनलाइनका अनुसार, भेटमा सार्वजनिक अधिकारको संरक्षण, भ्रष्टाचारविरुद्ध प्रभावकारी कारबाही र त्यसमा देखिएका अवरोध हटाउने विषयमा छलफल भएको थियो।

त्यस्तै, ुअमेरिकी–इजरायलीहरूका अपराधुबाट भएको भौतिक तथा नैतिक क्षतिको क्षतिपूर्ति र अधिकार पुनःस्थापनाका विषयमा पनि कुराकानी भएको समाचारमा उल्लेख छ। यो शब्दावली इरानी पक्षले प्रयोग गरेको हो।

मोज्तबा खामेनीले सर्वोच्च नेताको जिम्मेवारी सम्हालेयता लिखित सन्देशमार्फत मात्रै आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्।

तीमध्ये केही सन्देश उनको हस्तलिखित भनिएका स्वरूपमा प्रकाशित भएका छन्। उनको भिडियो सन्देशसमेत सार्वजनिक भएको छैन।

यसअघि इरानका प्रमुख वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले पनि सर्वोच्च नेता खामेनीसँग भेट गरेको समाचार सार्वजनिक भएको थियो। उनीहरूबीच युद्धका पछिल्ला घटनाक्रमबारे छलफल भएको बताइएको छ।

खामेनी सार्वजनिक रूपमा नदेखिएको अवस्थामा उच्च अधिकारीहरूसँग उनका भेट भएको विवरण सार्वजनिक भइरहेका छन्।

यद्यपि, भेटको समय र स्थानबारे जानकारी नदिइएकाले उनको वर्तमान अवस्थाबारे स्वतन्त्र रूपमा थप विवरण पुष्टि हुन सकेको छैन।

होर्मुज खोल्न इरान तयार, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने सर्त

अमेरिकाले आफ्ना बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाए होर्मुज जलडमरूमध्य पुनः खोल्न तयार रहेको इरानले जनाएको छ। इरानले पाकिस्तानमार्फत् वासिङ्टनसमक्ष यस्तो प्रस्ताव पठाएको जनाएको हो।

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोगद्दमले इस्लामाबादमा आयोजित एक कार्यक्रममा बोल्दै इरानले होर्मुज जलडमरूमध्य खोल्ने तयारीबारे पाकिस्तानलाई जानकारी गराएको बताएका छन्।

एसोसिएटेड प्रेस ९एपी० का अनुसार, इरानी पक्षले पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनीरको तेहरान भ्रमणका क्रममा पनि यस्तो प्रस्ताव राखेको थियो।

इरानको प्रस्तावअनुसार, अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्नेछ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी रहने अडान लिएको भन्दै मोगद्दमले अमेरिकी प्रशासनको आलोचना गरेका छन्।

होर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो। यस क्षेत्रमा जहाज आवागमन अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति, मूल्य र विश्व अर्थतन्त्रमा दबाब पर्न सक्छ।

इरानको प्रस्तावले जलडमरूमध्य पुनः खोल्ने विषयलाई अमेरिकी नाकाबन्दी हटाउने सर्तसँग जोडेको छ। तर अमेरिकाले उक्त सर्त स्वीकार गरेको वा जलमार्ग खुलाउने विषयमा सहमति भएको पुष्टि भएको छैन।