चोटका कारण शुभ कंसकार बाहिरिए, कर्णाली याक्समा शिवम तिवारी भित्रिए

चोटका कारण शुभ कंसकार बाहिरिए, कर्णाली याक्समा शिवम तिवारी भित्रिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई अनुबन्ध गरेको छ ।

हातमा चोट लागेका कारण शुभले प्रतियोगिता खेल्न नसक्ने भएपछि उनको स्थानमा शिवमलाई टोलीमा समावेश गरिएको कर्णाली याक्सले जनाएको छ ।

शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए । भक्तपुरका उनी घरेलु क्रिकेटमा परिचित खेलाडी हुन् ।

शिवमको आगमनसँगै कर्णाली याक्सको घरेलु खेलाडी सूचीमा मार्की खेलाडी सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा रहेका छन् ।

कर्णालीले तेस्रो संस्करणका लागि विदेशी खेलाडीमा पनि अनुभवी र प्रभावशाली खेलाडीलाई अनुबन्ध गरेको छ ।

दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलर, पाकिस्तानका ट्वान्टी–२० कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसैन तलात, स्कटल्यान्डका अलराउन्डर मार्क वाट तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली कर्णालीको टोलीमा छन् ।

घरेलु तथा विदेशी खेलाडीको संयोजनसहित मैदान उत्रने तयारीमा रहेको कर्णालीका लागि शिवमले शुभको स्थानमा कस्तो प्रदर्शन गर्छन् भन्ने चासो रहनेछ ।