कोप्चेबाट बराह क्षेत्र जाँदै गरेको जेटबोट सप्तकोसीमा दुर्घटना, बालक बेपत्ता

कोप्चेबाट बराह क्षेत्र जाँदै गरेको जेटबोट सप्तकोसीमा दुर्घटना, बालक बेपत्ता

फाइल फोटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोजपुरको हसनपुरस्थित कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ जाँदै गरेको जेटबोट दुर्घटना हुँदा १ बालक बेपत्ता भएका छन् ।

प्रारम्भिक सूचनाअनुसार जेटबोटमा सवार १३ जनामध्ये १२ जनाको उद्धार गरिएको छ भने १ बालक अझै बेपत्ता छन् ।

हतुवागढी गाउँपालिका–९ हसनपुरका वडाध्यक्ष सञ्जल राईले घटनाबारे पुष्टि गरेका छन् । घटनापछि  १२ जनाको उद्धार गरिए पनि १ बालक हराइरहेको प्रारम्भिक सूचना आएको उनले बताएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।