काठमाण्डु- दसैं बिदापछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ ।
दसैंअघि देखिएको सुधारले बिदापछिको कारोबारमा निरन्तरता पाउन नसक्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ०.३ प्रतिशतले घटेर २ हजार ६३३ बिन्दुमा झरेको छ ।
दसैंअघि अन्तिम कारोबार दिन नेप्से परिसूचक ८.२३ अंकले बढेर २ हजार ६३४.१७ बिन्दुमा बन्द भएको थियो । त्यस दिन बजारमा देखिएको सुधार लामो बिदापछिको पहिलो कारोबारमा कायम रहन सकेन ।
लामो बिदापछि खुलेको बजारमा लगानीकर्ताको बिक्री चाप बढ्दा परिसूचक प्रभावित भएको देखिएको छ ।


प्रतिक्रिया