एनपीएलका लागि मैदान तयार (तस्विरहरू)

एनपीएलका लागि मैदान तयार (तस्विरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि त्रिवि क्रिकेट मैदान तयार भएको छ ।

प्रतियोगितालाई लक्षित गर्दै मैदानको स्तरोन्नति, प्यारापिट व्यवस्थापन, फ्लडलाइट जडान तथा अन्य आवश्यक तयारी पूरा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि मैदानलाई थप व्यवस्थित र आकर्षक बनाइएको छ। खेलाडी तथा दर्शकलाई सहज हुने गरी खेलमैदान र दर्शकदीर्घाको व्यवस्थापन गरिएको छ।

सोमबार उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजेबाट सुरु हुँदैछ।

आठ टोलीबिचको प्रतिस्पर्धा, चर्चित विदेशी खेलाडीको उपस्थिति, डिआरएसको प्रयोग र डेढ करोड रुपैयाँको विजेता पुरस्कार यसपटकका प्रमुख आकर्षण हुन्।