एनपीएललाई शुभकामना दिँदै गगनले भने- यो उपलब्धि पछाडि वर्षौँको संघर्ष र समर्पण छ

एनपीएललाई शुभकामना दिँदै गगनले भने- यो उपलब्धि पछाडि वर्षौँको संघर्ष र समर्पण छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबारदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा खेलाडी, सहभागी टोली, क्यान र क्रिकेटप्रेमीहरूलाई शुभकामना दिएका छन्।

थापाले नेपाली क्रिकेटले हासिल गरेको उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको उल्लेख गरेका छन् ।

सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूलाई स्मरण गर्दै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।