एनपीएल

टस जितेर सुदूरपश्चिमले रोज्यो फिल्डिङ,पोखराले गर्दैछ ब्याटिङ

टस जितेर सुदूरपश्चिमले रोज्यो फिल्डिङ,पोखराले गर्दैछ ब्याटिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो।

सुदूरपश्चिमले लुम्बिनीविरुद्धकै टोलीलाई निरन्तरता दिएको छ। पोखरा एभेन्जर्सले भने आजको खेलबाट यात्रा सुरु गर्दैछ।

सुदूरपश्चिम रोयल्सको प्लेइङ–११:
दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी, अविनाश बोहोरा, सैफ जैब, ब्रान्डन म्याकमुलेन, स्कट कुग्लेजिन, सेरफाने रदरफोर्ड र अनिल खरेल।

पोखरा एभेन्जर्सको प्लेइङ–११:
कुशल भुर्तेल, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल, आकाश चन्द, सकिब हसन, मेहेदी हसन, धनञ्जय लक्षण, सदीरा समरविक्रम, अर्जुन घर्ती मगर र प्रतीक पोखरेल।