बालेनसँग भेटेको भोलिपल्ट सभामुख अर्याललाई भेट्न पुगे रवि

बालेनसँग भेटेको भोलिपल्ट सभामुख अर्याललाई भेट्न पुगे रवि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार लामो छलफल गरेका लामिछानेले त्यसको भोलिपल्ट बिहीबार सभामुख अर्यालसँग भेट गरेका हुन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको स्रोतले जनाएको छ।

भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा संसद्का गतिविधिबारे छलफल भएको बताइएको छ। यद्यपि, छलफलका विषयमा भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्रीसँग रविले गरेका थिए झण्डै ६ घण्टा कुराकानी

बुधबार प्रधानमन्त्रीसँग रविले झण्डै ६ घण्टा कुराकानी गरेका थिए । भेटमा रास्वपा गम्भीर विवादमा परेका सांसद खगेन्द्र सुनारलाई बिदा गर्ने विषयमा गम्भीर छलफल भएको दाबी स्रोतले गरेको छ।

अर्कोतिर केही विचौलियासँग उठबस र सम्बन्ध देखिएको भन्दै प्रधानमन्त्री शाहले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीको विकल्प खोज्नेबारे पनि लामिछानेसँग कुरा गरेका छन् ।

एकजना महिलालाई गम्भीर गाली गलौज गरेको अडियो बाहिरिएपछि प्रधानमन्त्री र रवि दुवै खगेन्द्रलाई राजीनामा गराउने निष्कर्षमा पुगेको स्रोतले बताएको छ ।

यसमा दुवैजना सकारात्मक देखिए पनि त्यसका लागि आवश्यक कानुनी प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे लामो कुराकानी भएको बताइएको छ।

प्रमाण पुगेका आधारमा सुनारलाई बर्खास्त गर्ने विषयमा दुवै नेता सकारात्मक देखिएका स्रोतले जनाएकाे छ ।