रास्वपा सभापति लामिछाने र सभामुख अर्यालबीच एक घण्टा भेटवार्ता

रास्वपा सभापति लामिछाने र सभामुख अर्यालबीच एक घण्टा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। लामिछाने सभामुख अर्याललाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए।

सभामुखको सचिवालयका अनुसार भेटमा प्रतिनिधिसभा र समसामयिक विषयमा छलफल भएको थियो। भेटवार्ता करिब एक घण्टा चलेको बताइएको छ।

यसअघि बुधबार सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बुढानीलकण्ठमा लामो भेटवार्ता भएको थियो। प्रधानमन्त्री शाह रास्वपा सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगेका थिए। उनीहरूबीच करिब साढे पाँचदेखि छ घण्टासम्म छलफल भएको बताइएको थियो।

पछिल्ला दिनमा रास्वपा सभापति लामिछाने, प्रधानमन्त्री शाह र पार्टीका अन्य नेताहरूबीच भइरहेका भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। यद्यपि, सभामुखसँगको भेटमा भएका छलफलका विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।

लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच बुधबार बुढानीलकण्ठमा भएको लामो भेटवार्तामा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, रास्वपा सांसद खगेन्द्र सुनार र सर्वोच्च अदालतसँग जोडिएका भनिएका विचौलिया इनम सापकोटाबारे छलफल भएको दाबी गरिएको छ।

स्रोतका अनुसार छलफलमा आईजीपी कार्की र सांसद सुनारलाई पदबाट हटाउने विषयसमेत उठेको थियो। यद्यपि, उनीहरूलाई हटाउने विषयमा कुनै निर्णय भएको खुलेको छैन।

बुधबार प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगेका थिए। उनीहरूबीच लामो समय छलफल भएको थियो।

त्यसपछि बिहीबार लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग पनि भेटवार्ता गरेका थिए। सभामुखसँगको छलफलमा प्रतिनिधिसभा र समसामयिक विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ।