नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न कांग्रेस आज निर्वाचन आयोग जाँदै

नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न कांग्रेस आज निर्वाचन आयोग जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउन शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेको छ ।

पहिलो केन्द्रीय कार्यसमिति बैठकले आवश्यक कागजात तयार गरी आयोगमा पेस गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ।

गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशन सम्पन्न गरे पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक रहेको दाबी गर्दै समानान्तर महाधिवेशनको तयारी थालेको छ। सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी पुनरावलोकन प्रक्रिया जारी रहेकाले विवाद अझै टुंगिएको छैन।

कांग्रेसको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबार सदस्यले शपथ लिएका छन्। कांग्रेसको १८ देखि २३ असोजसम्म खुलामञ्चमा सम्पन्न १५औं महाधिवेशनबाट सभापति गगन थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

कांग्रेस उपसभापति मधु आचार्यका अनुसार पदाधिकारी तथा सदस्यहरूको तस्बिरसहितको विवरण संकलन र अन्य आवश्यक कागजात लिएर शुक्रबार आयोगमा अद्यावधिक गराइनेछ ।